+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सगरमाथा क्षेत्रका स्थानीयलाई काठमाडौंबाट प्लेन चार्टर्ड गरी गाउँ फर्काइने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १९ गते १२:४०

१९ वैशाख, काठमाडौं । काठमाडौंमा अड्किएका सोलुखुम्बु  खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयलाई हवाईजहाजबाट उद्धार गरी गाउँ फर्काइने भएको छ । शुक्रबार गाउँपालिकाले यसकाबारेमा जानकारी दिएको हो ।

गाउँपालिकाले एक सूचना जारी गर्दै सडक मार्गबाट गाउँ फर्कन नपाएका व्यक्तिलाई हवाईजहाजबाट फिर्ता गर्न लागिएको जनाएको छ । यसरी फर्किँदा हवाईजहाजमा लाग्ने टिकटको मूल्य भने यात्रु आफैँले तिर्नुपर्ने शर्त राखिएको छ ।

क्वारेन्टाइनसम्बन्धी नियम लागु हुने शर्तमा स्थानीयलाई काठमाडौंबाट गाउँ फर्काउन लागिएको गाउँपालिकाको भनाइ छ ।

गाउँपालिकामा फर्किन चाहने स्थानीयले शुक्रबार बेलुका ४ बजेसम्म नाम टिपाइसक्नुपर्ने बताइएको छ । काठमाडौंमा रहेका खुम्बु क्षेत्रमा कार्यरत शिक्षक र कर्मचारीलाई समेत प्लेनबाटै कार्यस्थलमा फर्काइने भएको छ । सम्बन्धित वडामार्फत सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

काठमाडौंमा रहेका सगरमाथा क्षेत्रका व्यक्तिले आफ्नो वडाका अध्यक्षलाई नाम टिपाएमा जहाज चढेर गाउँ फर्किन सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?