Comments Add Comment

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ हजार ९२० पुग्यो

महामारीसँग जुध्न तीन खर्ब डलर ऋण लिने निर्णय

२३ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६८ हजार नौ सय २० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा ११ लाख ७८ हजार नौ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्युयोर्कमा सबैभन्दा बढी १९ हजार ५७ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच अमेरिकाले कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन खर्ब डलर ऋण लिने भएको छ ।

ऋण लिनका लागि सरकारले स्वीकृति दिइसकेको छ । यो ऋण रकमलाई स्वास्थ्य सेवा र राहत प्याकेजमा उपयोग गरिने छ । सन् २००८ मा वित्तीय संकटको बेला अमेरिकाले लिएको कर्जाको तुलनामा यो पाँच गुणा बढी हो ।

अब अमेरिकाको कुल ऋण २५ खर्ब डलर पुगेको छ। अर्थव्यवस्थाको करिब १४ प्रतिशत रकम अमेरिकाले कोरोना भाइरससँग जुध्न दिइने आर्थिक प्याकेजमा खर्च गर्दैछ ।

सन् २०१९ को डिसेम्बर अन्तिम सातादेखि चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment