Comments Add Comment

उद्योग चलाउन प्रहरीले सहयोग नगरेको उद्योगीको गुनासो

२६ वैशाख, काठमाडौं । उद्योगी व्यवसायीले सरकारको निर्णयअनुसार उद्योग तथा व्यवसाय सञ्चालन गर्न प्रहरीले सहयोग नगरेको गुनासो गरेका छन् । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर नेपाल बिजनेस इनिसियटिभ समूह (एनबीआई)ले यस्तो गुनासो गरेको हो ।

सरकारी निर्णय स्वागतयोग्य भए पनि प्रहरीबाट सहयोग नपाइएको एनबीआईका अध्यक्ष कुशकुमार जोशीले मन्त्री भट्टलाई जानकारी गराएका थिए ।

उद्योगको चक्र पुरा गर्न अपनाइनुपर्ने प्रक्रियाबारे प्रहरीले नबुझ्दा समस्या भएको अध्यक्ष जोशीको भनाई उद्धृत गर्दै मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले बताए ।

छलफलमा उद्योग मन्त्री भट्टले अर्थतन्त्र चलायमान बनाउन सरकारले सबैखाले समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।

औद्योगिक प्रतिष्ठान सहज रुपमा सञ्चालनकालागि समन्वय गर्न मन्त्रालयले मूख्य सचिव, गृह र उद्योग सचिवले समन्वय गर्नेगरी काम गर्ने तयारी गरेको पनि मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा एनबीआई समूहले उद्योग मन्त्रालयमार्फत सरकारलाई ९ सय ९९ थान पीपई सेट पनि हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment