Comments Add Comment

ढुवानीको साधन सञ्चालन सहज बनाउन माग

२६ वैशाख, काठमाडौं । उत्पादनमुलक उद्योधन्दा सञ्चालनमा आएसँगै ढुवानीको साधन सञ्चालन गर्नदिन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।

उद्योगको उत्पादन बजारसम्म पुर्‍याउन ढुवानी सेवा सुचारु हुन जरुरी भएको भन्दै ढुवानी सुचारु गर्न नेपाल समुन्द्रपार निकासी पैठारी संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

उद्योगहरुबाट उत्पादित वस्तु ढुवानी तथा त्यसको खुद्रा कारोबार सहज नहुन्जेल उत्पादनको कुनै अर्थ नरहने भन्दै संघले सहजीकरण गरिदिन माग गरेको छ ।

सरकारले सञ्चालन अनुमति दिएका उद्योगका उत्पादन ओसारपसार गर्ने सवारी साधनका लागि पास कठीन भएको तथा पास वितरण गर्ने निकायसम्म पुग्न पनि ढुवानी व्यवसायीलाई कठिनाई भएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment