Comments Add Comment

‘बाघी-३’ निर्माताको ४० करोड अझै उठेन

बलिउडमा लकडाउनका कारण धेरै चलचित्रले व्यापारिकरुपमा घाटा बेहेर्नु परेको छ । त्यसमा पनि चलचित्र ‘बाघी-३’लाई लकडाउन निकै महँगो पर्‍यो । चलचित्र रिलिज भएको केही दिनमा नै भारतमा लकडाउन सुरू भयो । जसका कारण चलचित्रले करिब ५० करोड घाटा व्यहोर्नु परेको छ ।

लकडाउन कारण निर्माता पीडामा त पुगे नै, त्योसँगै हलबाट पनि निर्माताले पैसा पाएका छैनन् । चलचित्रको कमाइबाट निर्माताले पाउनुपर्ने ४० करोड निर्माताको हातमा परेको छैन । लकडाउनका कारण व्यापार भएको रकम समेत निर्माताले पाएनन्।

मल्टिप्लेक्सबाट १५ करोड र सिंगल थिएटरबाट करिब २५ करोड लिन बाँकी रहेको बताइएको छ । भारतमा चलचित्र रिलिज भएको तीन साता भित्र निर्माताले पैसा पाइसक्छन् ।

तर, यत्तिका समय बित्दा पनि यस चलचित्रमा निर्माताले पैसा पाएनन् । चलचित्रका निर्माता सजिद नाडियाडवालाले हलबाट पैसा नआए पनि कुनै दबाब भने दिएका छैनन् ।

निकै आक्रमक ओपनिङ गरेको चलचित्र ‘बाघी-३’मा टाइगर श्राफ र श्रद्धा कपुरको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अम्हेद खानले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment