+
+
Shares

भारतीय अतिक्रमणविरुद्ध बुटवलमा शान्ति समाजको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १५:४९

२० वैशाख, काठमाडौं । नेपाली भूमि अतिक्रमणविरुद्ध मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनका क्रममा लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेकसहितको नेपालको नक्सा सार्वजनिक गर, नेपाली भूमि संरक्षण गर, सीमा अतिक्रमण अपराध हो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर शान्ति समाजले प्रदर्शन गरेको हो ।

बुटवलस्थित अस्पताल लाइनमा भएको प्रदर्शनमा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, रुपन्देही शाखा सभापति धनपति खनाल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?