+
+
Shares

सप्तरीका संक्रमित युवकको सम्पर्कमा आएका १७ जना क्वारेन्टाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १४:०६
फाइल तस्वीर

३० वैशाख, सप्तरी । सप्तरीमा कोरोना संक्रमित देखिएका युवकसँग सम्पर्कमा आएका १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैल टोलका १८ वर्षीय युवकमा संक्रमण भएको पाइएपछि उनीसँगै क्वारेन्टाइनमा रहेका १२ जनासहित १७ जनालाई पुनः क्वारेन्टाइनमा ल्याएर राखिएको वडाध्यक्ष प्रदीप साहले जानकारी दिए ।

लकडाउनको समयमा गत वैशाख ९ गते चितवनबाट पैदलमार्फत घर आए लगत्तै संक्रमित देखिएका युवकसहित १३ जनालाई डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ५ स्थित कन्तचन्द्र मावि पातोको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरूको वैशाख २५ गते स्वाब संकलन गरिएपछि रिपोर्ट नआउँदै २८ गते आइतबार घर पठाइएको थियो ।

तर, घर पठाएको एक दिन नबित्दै हटैलका युवकमा संक्रमण देखापरेपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनलाई भर्ना गरिएपछि उनीसँगै क्वारेन्टाइनमा राखिएका १२ जनालाई पुनः क्वारेन्टाइनमा ल्याइएको वडा अध्यक्ष साहले बताए ।

घर गएपछि हजुरबुबा, हजुरआमा र आमा तथा गाउँका दुई जना युवकको सम्पर्कमा उनी गएको पाइएको वडा अध्यक्ष साहले बताए । संक्रमितको सम्पर्कमा आएका यी पाँच जनालाई समेत क्वारेन्टाइनमा ल्याइएको वडा अध्यक्ष साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?