+
+
Shares

भारतमा क्वारेन्टाइनमा बसेका दुई सय ४२ लाई नेपाल ल्याइयो

रासस रासस
२०७७ वैशाख ३० गते १४:१९
फाइल तस्वीर

३० वैशाख, भीमदत्तनगर । भारतमा ४५ दिन क्वारेन्टाइन बसेका दुई सय ४२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई नेपाल ल्याइएको हो ।

आइतबार र सोमबार राति गरी दुई दिन सीमावर्ती भारतीय बजार वनवासाको स्कुलमा क्वारेन्टाइन बसेका दुई सय ५१ जनामध्ये पहिलो दिन ७५ र सोमबार राति एक सय ६७ जनालाई भारतीय पक्षसित समन्वय गरी स्वदेश फिर्ता ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले वनवासामा ४५ दिन क्वारेन्टाइनमा बसेका नागरिकलाई समन्वय गरी ल्याइएको जानकारी दिए ।

उनीहरूलाई भीमदत्तनगरस्थित वैजनाथ माध्यमिक विद्यालयमा राखेर आरडीटीका लागि नमुना सङ्कलन कार्य भइरहेको उनले जानकारी दिए ।

‘परीक्षणमा कोरोना नदेखिए पनि सम्बन्धित पालिकामा कम्तीमा आठ दिन क्वारेन्टाइन बस्नेगरी पठाउने काम हुँदैछ,’ उनले भने, ‘यहाँ आरडीटी र पीसीआरका लागि नमुना संकलन भइरहेको छ ।’

उनले आइतबार आएकामध्ये धेरैलाई सम्बन्धित पालिकाको क्वारेन्टाइन पठाइसकिएको बताए । ‘भारतमा एक राज्यबाट अर्को राज्य जान खुकुलो बनाएपछि नेपालीहरू सीमामा आउने क्रम बढ्यो,’ उनले भने, ‘हामीले सतर्कताका साथ काम गरिरहेका छौं ।’

भारतीय पक्षले क्वारेन्टाइनबाट घर जान अनुमति दिएका नागरिकले प्रहरीले सीमाक्षेत्रबाट उद्धार गरी यहाँको क्वारेन्टाइनमा कोरोना जाँचका लागि राख्ने गरेको छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?