Comments Add Comment

उपराष्ट्रपतिको स्वाबको नमुना संकलन

३० वैशाख, काठमाडौं । संघीय संसदको छैटौं अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ ।

संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमुना सङ्कलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसदमा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसअघि उपराष्ट्रपति पुनले आफ्नो कोरोना परीक्षण गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment