२२ असार, काठमाडौं । टेक्सस फ्रेसर्स फिएस्टा २०२६ भव्य रूपमा सम्पन्न भएको छ । टेक्सस इन्टरनेसनल कलेजले आयोजना गरेको फिएस्टामा ३ हजार ५०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै उनीहरूबीच आत्मीयता, सहकार्य र कलेजप्रतिको अपनत्व विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।
कार्यक्रममा ३ हजार ५ सय विद्यार्थीले सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा विभिन्न सांस्कृतिक गतिविधिको उत्साहपूर्वक अवलोकन गरेका थिए। विद्यार्थीहरूको ऊर्जाशील सहभागिता, सुव्यवस्थित व्यवस्थापन र मनोरञ्जनपूर्ण प्रस्तुतीकरणले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय कलाकार तालबार, चर्चित नेपाली ब्यान्ड जोन एन्ड द लोकल्सले दमदार प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिले उपस्थित विद्यार्थीहरूलाई झुमाउन सफल भएको थियो भने कलेज जीवनको नयाँ सुरुवातलाई उत्सवमय बनाएको थियो।
टेक्सस इन्टरनेसनल कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक सम्बन्ध विस्तारलाई समेत प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।
प्रतिक्रिया 4