Comments Add Comment

कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२९ वैशाख, कैलाली । कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

से १ क ९४५ नम्बरको ट्रकले सुपप्र ०१–००८ प ४४७४ नम्बरको मोटरसाइकललाई बर्दगोरिया गाँउपालिका ४ मा ठक्कर दिँदा जोशीपुर गाउँपालिका-६ का २१ वर्षीय शेरबहादुर डगौंराको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार दुर्घटनामा परी ३५ वर्षिय पर्शुराम डगौंरा घाइते भएका छन् । घाइते डगौंराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय बौनियाँको टोलीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment