+
+
Shares

कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १८:१८

२९ वैशाख, कैलाली । कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

से १ क ९४५ नम्बरको ट्रकले सुपप्र ०१–००८ प ४४७४ नम्बरको मोटरसाइकललाई बर्दगोरिया गाँउपालिका ४ मा ठक्कर दिँदा जोशीपुर गाउँपालिका-६ का २१ वर्षीय शेरबहादुर डगौंराको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार दुर्घटनामा परी ३५ वर्षिय पर्शुराम डगौंरा घाइते भएका छन् । घाइते डगौंराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय बौनियाँको टोलीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?