Comments Add Comment

ट्रकको ठक्करले स्टाफ नर्सको मृत्यु

१ जेठ, जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट एक जना स्टाफ नर्सको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ४ पुष्पबलपुरमा मोटरसाइकलमा सवार स्टाफ नर्सलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत जनकपुरधाम उपमहानगरपालिका १९ निवासी चन्द्ररेखा यादव रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २६२७ नम्बरको ट्रकले यादव सवार बा ५२ प ६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करले गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए ।

ठक्करले मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका १० जमुनिया बस्ने २० बर्षीय सिद्धार्थ यादव र मृतक चन्द्ररेखाको ४ बर्षीया छोरी र २ बर्षीया छोरा घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment