+
+
Shares

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

रासस रासस
२०७७ जेठ २ गते १३:२०

२ जेठ, मेलम्ची (सिन्धुपाल्चोक)  । मिनी ट्रक  दुर्घटना हुँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका-१ चोचेडाँडाका ३८ वर्षीय कृष्णवीर तामाङ रहेका छन् ।

बिहीबार दिउँसो लिसङ्खुपाखर गाउँपालिका-१ चोचेडाँडास्थित भित्री सडकखण्डमा मुडेबाट ब्यासतर्फ आलु अनलोड गरी खाली आउँदै गर्दा बा५ख २४१६ नंको मिनीट्रक दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मिनीट्रकका पछाडि बसेका तामाङ ट्रकबाट खसेर त्यही ट्रकको टायरमा टाउको परेकाले घटनास्थलमै ज्यान गएको काफ्लेले बताए । सवारी साधन र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सिन्धुपाल्चोककै हेलम्बुमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । हेलम्बु गाउँपालिका-१ बाट मेलम्ची फर्किदै गर्दा बा३ख ७९६८ नंको ट्रक गनेशेमा आज बिहान दुर्घटनामा परेको थियो ।

ट्रकमा सवार चारै जना घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजान लगिएको इलाका प्रहरी कार्यलय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए ।

चालक निदाएका कारण दुर्घटना परेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । घाइते हुनेमा सुनकोशी-५ का चालक पासाङ तामाङ, सोही गाउँपालिकाका २५ वर्षीय ग्यालसन तामाङ, मेलम्ची-१० का १९ वर्षीय राजन सुनार र बाह्रबिसे नगरपालिकाका २१ वर्षीय लालबहादुर तामाङ रहेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?