Comments Add Comment

अमलेखगञ्ज डिपोमा अवरोध गर्न खोजिएको भन्दै निगमले माग्यो सुरक्षा

६ वैशाख, काठमाडौं । पूर्वी र मध्यनेपालको पेट्रोलियम पदार्थ वितरणको लाइफलाइन अमलेखगन्ज डिपो बन्द गराउन दबाब आएको भन्दै नेपाल आयल निगमले सुरक्षा माग गरेको छ ।कोरोना संक्रमणको जोखिमलाई कारण बनाउँदै स्थानीयहरूले डिपो बन्द गराउन दबाब दिएको भन्दै निगमले गम्भीर आपत्ति जनाएको हो ।

स्थानीय असंगठित समूहले जसरी पनि डिपोको भिडभाड बन्द गराउनुपर्ने भन्दै दबाब दिएको निगमको दुई नम्बर प्रादेशिक प्रमुख इन्जिनियर भरत रेग्मीले बताए ।

पाइपलाइनबाट आउने डिजेल तथा ट्याङ्करबाट ढुवानी हुने पेट्रोललगायतका इन्धन अमलेखगन्जबाट पूर्वको विराटनगर, पश्चिममा भैरहवा, पोखरा र केन्द्रीय राजधानी काठमाडौंमा वितरण हुने गरेको डिपोले जनाएको छ ।

अमलेखगन्ज डिपो बन्द हुँदा आधा नेपालको पेट्रोलियम वितरण प्रभावित हुने भन्दै निगमले जिल्ला प्रशासन कार्यालय बारामा सुरक्षा माग गर्दै निवेदन दिएको छ । कोरोना जोखिमलाई मध्यनजर गर्दै सवारी साधन डिसइन्फेक्सनलाई प्रभावकारी बनाइएको, अनावश्यक भिडभाड कम गरिएको भए पनि अवरोध सिर्जना गरिएको अमलेखगन्ज डिपोले जनाएको छ ।

मंगलबार बेलुका बस्ने भनिएको वार्तालाई अस्वीकार गर्दैै स्थानीयले बुधबारबाट अवरोधको घोषणा गरेपछि निगमले विज्ञप्ति निकालेर सुरक्षाको माग गरेको हो । संकटको बेला अत्यावश्यक वस्तुको वितरण नरोक्न निगमका जारी अमलेखगन्ज डिपोले आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थ अत्यावश्यक सेवामा पर्ने र देशभरिकै वितरणमा अमलेखगन्ज महत्वपूर्ण भएकाले अवरोध हुन नदिने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

‘कुनै पनि हालतमा अमलेखगन्जको वितरणमा अवरोध हुन दिन्नौँ,’ बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले अनलाइनखबरसँग भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment