+
+
Shares

बाराका पत्रकारको श्रीमतीलाई पनि कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १० गते १०:२०

१० जेठ, वीरगञ्ज । बारामा शनिबार बिहान थपिएका एक जना कोरोना संक्रमित महिला यसअघि संक्रमित भएका पत्रकारको श्रीमती रहेको पाइएको छ ।

संक्रमण पुष्टि भएपछि करैमाई निवासी ३७ वर्षीया महिलालाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका दुई छोरा र दुई छोरीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यसअघि उनको श्रीमानमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

श्रीमानमा संक्रमण पुष्टि भएपछि उनको श्रीमतीसहित चार जनाको पनि परीक्षण गरिएको थियो ।

शुक्रबार राति पनि बारामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?