Comments Add Comment

निखिलको आग्रह–‘अब कसैसँग झुक्न छाडौ’

नेपालले नयाँ नक्शा सार्वजनिक गरेसँगै यतिबेला देशका भू–भागहरु ऋब जसरी पनि फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । नेपाल सरकारले पनि देशको भूभाग जसरी पनि फिर्ता ल्याउने बताएको छ ।

योसँगै नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन् । नायक राजेश हमालले भारतको गतिविधि स्वीकार्य नहुने बताइसकेका छन् । अब, अर्का नायक निखिल उप्रेतीले पनि आफ्नो भनाई सार्वजनिक गरेका छन् ।

उनले, अब कसैसँग पनि झुक्न आवश्यक नरहेको स्पष्ट पारेका छन् । निखिलले प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक कदम चालेको भन्दै यो समयमा सबै नेपाली एक हुनुपर्ने बताएका छन् ।

निखिलले भने–‘यो समयमा पनि केही नेताहरुले भारतकै गुलामी गर्दैछन् । उनीहरुलाई नेपाली जनताले चिन्न आवश्यक छ । त्यस्ता नेताहरुको राजनीतिक करिअर समाप्त पार्ने दिन आउँदैछ ।’

निखिलले नेपालीलाई आत्मनिर्भर हुन आवश्यक रहेको पनि बताएका छन् । उनले भने–‘अब, सकभर विदेशी चिजहरुलाई प्रयोग गर्ने काम छाड्दै जानुपर्छ ।’

नेपाललाई सानो भनेर भारतले हेपेको भन्दै निखिलले भनेका छन्–‘सानो झन बलियो हुन्छ । कोरोना सानो थियो तर विश्वलाई नै तहसनहस बनाइदियो । यसैले, अब हामी पछाडि फर्कियौ भने फेरि हामी हेपिन थाल्नेछौ ।’

निखिलले आफ्ना सन्ततीहरुलाई पनि स्भाविमान बन्ने बाटोतर्फ लैजान आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment