
विनोद बानियाँको स्वर तथा संगीतमा तयार भएको ‘जित्छौं हामी’ बोलको गीतको भिडियो तयार भएको छ । यो गीतलाई सन्जोग बस्यालले लेखेका हुन् ।
सन्जोग बस्याल र विजय बस्यालले निर्देशन गरेको यो भिडियोलाई देवीप्रसाद बस्याल र शान्ति बानियाँले निर्माण गरेका हुन् । भिडियोमा साहिल खान र विज्ञान राइको सम्पादन, मिलन शंकरको छायांकन छ ।
यो भिडियोमा नेता, कलाकारदेखि खेलाडीसम्मलाई देख्न सकिन्छ । भिडियोमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि अभिनय गरेका छन् ।
साथमा भिडियोमा कलाकार अनुप बराल, दिया मास्के, माओत्से गुरुङलगायतलाई पनि देख्न सकिन्छ । देशको सीमा दुखेको र कोरोनाको त्रास फैलिएको अवस्थामा यो सन्देशमूलक गीतले नेपालीलाई ऊर्जा प्रदान गर्नसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4