Comments Add Comment

नेपाली खेलकुद कहिले फर्केला मैदानमा, अबको खेलकुद कस्तो होला?

१० जेठ, काठमाडौं । कसैले सोचेका थिएनन् होला यति लामो समय लकडाउन हुन्छ अनि घरबाहिर निस्कन पाइँदैन भनेर । तर कोरोना भाइरसको महामारी रोक्न लगाइएको लकडाउन दुई महिना पूरा भइसक्यो । नेपाली खेल गतिविधि सबै ठप्प छ । न प्रतियोगिता भएका छन्, न खेलाडीको प्रशिक्षण नै ।

खेलाडीले केही दिन हो घरमै वर्कआउट गर्छौं, लकडाउनपछि गाह्रो नहोला भन्ने सोचेका थिए । तर समय बित्दै जाँदा उनीहरुलाई घरमै अभ्यास गरिरहन पनि अल्छी लाग्न थाल्यो, शारीरिक परिश्रम नभएपछि तौल बढ्न थाल्यो । घरमा मात्र दौडेर उफ्रेर शरीर मर्काएर अब हुने छैन भन्ने उनीहरुलाई लाग्न थालेको छ । अहिले धेरै खेलाडीमा निराशा छाएको छ ।

लकडाउनको दुई महिना पूरा हुँदा अहिले सबैको चासो छ लकडाउनबाट कहिले छुटकारा पाइने हो ? अनि कहिले ट्रेनिङ गर्न पाउने र कहिलेदेखि पुरानै शैलीमा खेल्न पाउने हो भन्ने प्रश्न उठेको छ ।

लकडाउनले खेलाडीको फिटनेसमा त फरक पर्ने पक्का पक्की छ । अब लामो समयसम्म दूरी कायम गर्नुपर्ने प्रोटोकलहरु बन्लान्, खेलको नियममै समेत परिवर्तन होला ।

गत शनिबार मात्रै जर्मनीमा शीर्ष डिभिजनको फुटबल बुण्डेसलिगा फेरि सुरु भएको छ । दर्शकविनाका मैदानमा खेलिन्छ । हात मिलाइँदैन । कुनै सेलेब्रेसन छैन मैदानमा थुक्न पाईंदैन । मैदानबाहिर निस्केपछि मास्क अनिवार्य छ । बेन्चमा दूरी कायम गरेर बस्नुपर्छ ।

अन्तर्राष्ट्रिय स्तरमा अन्य खेल जस्तै क्रिकेट पनि क्लोज डोरमा दर्शक बिना आयोजना गर्नेबारे छलफल हुन थालेको छ ।

जर्मनीमा सुरु भएको बुण्डेसलिगामा २६ औं चरणका ९ खेल हुँदा ८ खेलाडी घाइते भए । अझ उनीहरुले खेलअघि केही दिन सामाजिक दुरी कायम गरेरै भए पनि प्रशिक्षण गरेका थिए ।

सुविधा सम्पन्न देशमा समेत खेलाडीको अवस्था त्यस्तो छ भने नेपालमा अहिले खेलाडीहरु के गर्दैछन्, कस्तो अवस्थामा छन् भन्ने समेत यकीन छैन । विभागीय क्लबका खेलाडीले वर्षैभरी प्रशिक्षण गर्ने भएकोले फिटनेस केही कम भएको होला अरु खेलाडीको अवस्था कस्तो छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले शुक्रबार एक कार्यक्रममा नेपालमा पनि दर्शक बिना खेल सुरुवात गर्ने कि भनेर पहल गरे पनि कोरोना संक्रमण थप फैलिएकोले सम्भव हुन नसकेको बताए ।

शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिग २०७६ को टेक्लिन हृयाण्डबुक अर्थात प्राविधिक रिपोर्ट सार्वजनिक गरेको कार्यक्रममा राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले पनि अब नेपाली खेलकुद कसरी सुरु हुन्छ यकीन भन्न नसकिने बताए ।

त्यो फुटबलको कार्यक्रम थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भित्रै त्यो कार्यक्रम भयो। त्यसैले सदस्य सचिवले फुटबलकै बारेमा धेरै कुरा गरे । फुटबल रोकिएको फुटबल अब कसरी सुरु गर्न सकिन्छ र नेपाली फुटबलको समग्र अवस्था र यसको चुनौती र अब गरिनुपर्ने सुधारका बारेमा आफ्नो विचार व्यक्त गरिहाले । खेलकुदको कार्यकारी निकायमा भएकोले उनले अन्य खेलकुद र समग्र खेलकुदको बारेमा पनि बोले ।

सिलवालले बी डिभिजन, सी डिभिजन लगायत फुटबल विदेशमा जस्तै स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्नेबारे एन्फासंग छलफल भएपनि त्यसले मूर्त रुप पाउन नसकेको बताए ।

‘विदेशमा जस्तै हामी पनि सबैको हेल्थ चेक गरेर खाली मैदानमा गर्ने प्रयत्न गरेको हो । अलि सकारात्मक स्थिति पनि देखा परिसकेको थियो’ सिलवालले भने ‘फेरि कोरोनाले तर्साउने स्थिति आयो । त्यसैले यसै भन्न सक्ने स्थिति पनि छैन ।’

उनले अब सबै अवस्था सामान्य हुनुपर्ने र खेलाडीको अवस्था पनि समान्य भएपछि खेल हुन सक्ने बताए । ‘क्रमश हामीले यसलाई नर्मलमा ल्याउनु पर्छ । खेल क्षेत्र र खेलाडी दुवै पक्षलाई नर्मल अवस्थामा ल्याउनुपर्छ । होइन भने भयावह स्थिति डरलाग्दो स्थिति आउन सक्छ’ सिलवालले भने ।

सिलवालले लकडाउन र वषर्ाले गर्दा तत्कालका लागि गाह्रो हुन सक्ने धारणा राखे । उनले व्यक्तिगत खेलहरुबाट ट्रेनिङ गर्न सके राम्रो हुने बताए । ‘हामीले व्यक्तिगत खेलहरु जहाँ बडी टच हुँदैन त्यसको लागि विस्तारै पहल सुरु गरेको थियौं, मूर्त रुप लिन पाएको छैन’ उनले भने ।

सिलवालले अघि भने ‘कम्तीमा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा भर्खरै गोल्ड, सिल्भर, ब्रोन्ज मेडल जितेका खेलाडीहरुबाट अलीकती ट्रेनिङ सुरु गर्न सकियो भने खेल क्षेत्र अली चलायमान हुन्छ भन्ने विश्वास छ ।’

यस्तै सदस्य सचिव सिलवालले कोरोना भाइरस नफैलिएको जिल्लाबाट खेल गतिविधि अघि बढाउन सकिने पनि बताए ।

यस्तै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि यो लकडाउनका बेला दर्शकबिना खेल सुरु गर्ने प्रयासलाई सकरात्मक माने । ‘धेरै देशमा बिना दर्शक खेल सुरु गर्ने थालिएको छ । सदस्य सचिवले पनि बिना दर्शक खेल सुरु गर्ने प्रयास गर्नुभएको छ’ शेर्पाले भने, हामीले पनि बी डिभिजन लिग, सी डिभिजन, महिला राष्ट्रिय लिग, राष्ट्रिय लिग सम्पन्न गर्न सक्यौँ भने यस यसपटक मुख्य कार्यक्रम सम्पन्न हुन्छ । यसले अर्को वर्ष काम गर्न सजिलो हुन्छ ।’

तर अहिलेकै अवस्थामा विदेशमा जस्तो नेपालमा दर्शक बिना खेल गर्ने अवस्था सिर्जना गर्न कठिन देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment