Comments Add Comment

१८ बैंकले जारी गरे ५२ अर्ब ६० करोडको ऋणपत्र

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै १८ वटा वाणिज्य बैंकहरुले ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी गरेको जानकारी दिएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा नै वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो ।

कुल ऋण पुँजीलाई सर्बसाधारण सबैले खरिद गर्न सक्ने गरी स–साना एकाइहरुमा बिभाजित गरीसकेपछीको एक अंश वा इकाइ नै ऋणपत्र हो । कम्पनिले सार्वजनिक रुपमा सुचना प्रकाशन गरी कम्पनिको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण पँुजी उठाउन सक्छ ।

यो एक प्रकारले भन्ने हो भने बैंकले व्यक्ति वा संस्थासँग ऋण लिए जस्तै हो । बैंकले निश्चित अवधिका लागि ऋणपत्र जारी गर्ने गर्छन । त्यसमा कति रकमको ऋणपत्र किन्ने भनेर सर्वसाधारणले आवेदन दिनु पर्ने हुन्छ ।

ऋणपत्रको पनि बैंकहरुले निक्षेपको जस्तै ब्याज भुक्तानी गर्छन । तर यो लामो अवधिका लागिमात्रै हुन्छ । यसमा ऋणको अवधि, ब्याजदर, ब्याज गणना र भुक्तानीको तरिका र समय उल्लेख गरिएको हुन्छ, जसको कार्यान्वयन कानुनतः बाध्यकारी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment