+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

महाराष्ट्र सरकारले दियो सुटिङको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते ९:५०

भारतको महाराष्ट्र सरकारले विभिन्न स्थानमा छायांकनका लागि अनुमति दिएको छ । यद्यपि यसका लागि छायांकन युनिटले सरकारले तोकेको शर्तहरूको पालना गर्नुपर्नेछ।

भारतमा लामो समयदेखि जारी लकडाउनका कारण चलचित्र, सिरियल, रियालिटी सोलगायतको छायांकन रोकिएको थियो। अब, बिस्तारै छायांकन सुरु गर्ने तयारीमा निर्माताहरू लागेका छन्।

राज्यको संस्कृति मन्त्रालयले जारी गरेको शर्तअनुसार नै निर्माताले काम गर्नुपर्नेछ । नियम पालना नगरेको खण्डमा छायांकन रोक्न सकिने मन्त्रालयले बताएको छ ।

नयाँ नियमअनुसार छायांकन सेटमा बढीमा ३३ जना मात्र सदस्य रहनुपर्नेछ। निर्माताहरूलाई महाराष्ट्र फिल्म, थिएटर, कल्चरल डेभलपमेन्ट कर्पोरेसन, दादा साहेब फाल्के चित्रनगरीका साथै मुम्बई बाहिर छायांकनका लागि जिल्ला कलेक्टरको अफिसमा आवेदन दिनुपर्नेछ ।

महाराष्ट्र सरकारले १६ पेज लामो गाइडलाइन प्रस्तुत गरेको छ। जसमा छायांकनको समयमा मास्क लगाउनुपर्ने, मेकअप म्यानले पीपीई लगाएर मात्रै मेकअप गर्न पाउने, छायांकन सेटमा सामाजिक दुरी कायम गर्नुपर्ने, छायांकनको समयमा भिड जम्मा गर्न नपाइने, छायांकन सेटमा डाक्टर र नर्स अनिवार्य हुनुपर्ने, गर्भवती कलाकारलाई छायांकनमा ल्याउन नपाइने, ६५ वर्षभन्दा माथिका कलाकार वा अन्य क्रु सदस्यलाई छायांकनमा काम गराउने नपाइनेलगायतका नियम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?