+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

वीरगञ्जको कोरोना परीक्षण ल्याब सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते १३:५४
फाइल तस्वीर

१९ जेठ, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा रहेको कोरोना परीक्षण ल्याब सोमबार पुनः सञ्चालनमा आएको छ ।

ल्याब सञ्चालनका लागि चाहिने सामग्री उपलब्ध भएपछि सञ्चालन गरिएको ल्याब प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. निरा पाठकले जानकारी दिइन् ।

‘आवश्यक समान आइतबार नै आयो, ल्याबलाई डिसइन्फेक्सन, फ्युनिकेसन पनि ग¥यौं, आजबाट मेसिन सञ्चालनमा छ,’ डा. पाठकले भनिन् ‘पहिलो लटमा ३२ वटा नमुना परीक्षणका लागि हालेका छौं, दिउँसोसम्म ट्रेसिङ केसको बाँकी नमुना परीक्षण गरिसक्ने लक्ष्य राखेका छौं ।’

ल्याब सञ्चालनका लागि जरुरी समान नहुँदा शनिबार साँझदेखि ल्याब बन्द भएको थियो । आइतबार दिनभर सञ्चालनमा आउन सकेन । वीरगञ्जको ल्याबमा एक पटकमा ३६ वटासम्म नमुना परीक्षण गर्न सकिन्छ । आवश्यकता अनुसार २ देखि ३ सिफ्टसम्म पनि ल्याब सञ्चालन गर्ने गरिएको छ ।

पर्सामा हालसम्म ३ हजार ७ सय २ जनाको नमुना संकलन गरिएकोमा १ सय ९५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर बताउँछन् ।

पर्साको १४ स्थानीय तहका ३५ वटा क्वारेन्टाइनस्थलमा आइतबारसम्म ८३ जना महिलासहित ८ सय ४६ जनालाई राखिएको छ ।

गण्डक कोभिड अस्पतालमा २ जना महिलासहित २० जना कारोना भाइरस संक्रमितको उपचार भईरहेको छ । जसमा बारा र जुम्लाका २÷२ जना छन् । नारायणी कोभिड अस्पताल र गण्डक कोभिड अस्पतालबाट पर्सा, बारा, रौतहटत, सर्लाही र भारतीय नागरिक समेत गरी ९७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पर्सा जिल्लामा मात्रै ५ जना भारतीयसहित हालसम्म १ सय ५ जना संक्रमित फेला परेका छन् । पर्साको पोखरीयामा ५० बेडको आइसोलेसन तयार गरिएको भए पनि सञ्चालनमा ल्याइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?