+
+

स्रोत नखुलेको ८ लाखसहित एक जना पक्राउ

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ जेठ २७ गते १४:४८

२७ जेठ, रौतहट । राैतहटको गौरस्थित टिकुलियाबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साह छन् ।

प्रदेश र जिल्लाको संयुक्त प्रहरी गस्ती टोलीले ८ लाख रुपैयाँसहित साहलाई नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रवक्ता एवं डीएसपी भरत श्रेष्ठले बताए ।

यसअघि जेठ ८ मा रौतहटको इशनाथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ प्रहरीले बरामद गरेको थियो । ‘पछिल्लो घटनाहरू हेर्दा रकमको ओसारपसार बढेको देखिएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘पहिलो घटनाको अनुसन्धान कार्य जारी नै रहेको बेला आज फेरि एक जनालाई नियन्त्रणमा लिएका छौं । रकम ओसारपसार गर्ने कार्यको बारेमा थप अनुसन्धान अघि बढाउँछौं।’

पछिल्लो समय हुण्डी काराेबारीहरूले रौतहटको इशनाथ, गौर र राजदेवी नगरपालिकाको नाकाहरू प्रयोग गर्दै आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?