Comments Add Comment

युवकमा अनौठो मनोरोग : यौनांगबाट छिराएको चार्जर केवल मुत्रथैलीमा पुग्यो

छिमेकी मुलुक भारतको गुवाहाटीमा एउटा निकै दर्दनाक तथा अनौठो घटना भएको छ । एकजना युवकले मोबाइल चार्ज गर्ने २ फिट लामो चार्जर केवल आफ्नो यौनांगबाट भित्र छिराए । त्यो चार्जर केवल उनको लिंगबाट भित्र छिरेर मुत्रथैलीमा पुग्यो ।

यौन सन्तुष्टिका लागि लिंगमा चार्जर केवल छिराएपछि अत्ताल्लिएका ती युवक रन्थनिँदै अस्पतालमा पुगे । तर डाक्टरसँग उनले साँचो कुरा बताएनन् । आफुले चार्जर केवल मुखबाट निलेको भन्दै उनले डाक्टरसँग बताए ।

डाक्टरहरुले पनि उनले भने बमोजिम चेकजाँच गरे । दिसा परीक्ष र इन्डोस्कोपी लगायतका जाँच गर्दा समेत डाक्टरहरुले उनको पेटमा निलेको भनिएको तारको कुनै संकेत फेला पारेनन् । तरपनि डाक्टरहरुले उनको पेटको शल्यक्रिया गरे । तथापि शल्यक्रिया गरी पेट चिरेर हेर्दा समेत पेटमा कुनै केवल फेला परेन ।

त्यसपछि उनको शल्यक्रिया कक्षमै पेटको सबै भागको एक्सरे गरियो । जब डाक्टरहरुले एक्स रे रिपोर्ट हेरे तब उनीहरु तिनछक परे । उनले निलेको भनिएको केवल उनको पेटमा थिएन, त्यो उनको मुत्रथैली भित्र थियो । ३० वर्षका ती युवकले आफुले चार्जर केवल निलेको भनेर ढाँटेका रहेछन् । डाक्टरहरुले त्यसपछि तत्कालै उनको मुत्रथैलीबाट उक्त तार बाहिर निकालिदिए । उनको शल्यक्रिया सफल भएको र अहिले स्वास्थ्यलाभ गरिरहेको बताइएको छ ।

उनको शल्यक्रिया गर्ने डाक्टरका अनुसार ती युवक युरेथ्रल साउन्डिङ भनिने यौन सम्बन्धी मनोरोगबाट पीडित रहेछन् । यो मनोरोग भएका मानिसहरुले आफ्नो यौनांगबाट विभिन्न खाले तरल तथा ठोस पदार्थहरु भित्र छिराएर मैथुन गरी यौन आनन्द प्राप्त गर्ने गर्दछन् ।

ती युवक चार्जर केवल छिराएको पाँच दिनपछि मात्र पेट दुख्यो भन्दै अस्पताल गएका छन् ।

डाक्टरहरुका अनुसार यो मनोरोग एक दुर्लभ मनोरोग हो । तथापि यस्ता घटना बेला बेलामा भैरहन्छन् । ती युवकले निकै चरम व्यवहार देखाएका कारण यौनांगबाट चार्जर केवल छिराएर मुत्रथैलीमै पूराएको डाक्टरको भनाई छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment