
२८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५३ संक्रमित थपिएका छन् । यस्तै कविलवस्तुमा ४८, सर्लाहीमा २७, दैलेखमा २५ र धादिङमा १६ जना संक्रमित थपिएका छन् ।
पाल्पामा १२, कैलालीमा १२, धनुषामा ११, सुर्खेतमा ९, मोरङमा ८, रुपन्देहीमा ७, प्युठान र सप्तरीमा ६/६ जना, झापा र नवलपरासीमा ५/५ उदयपुर र गोरखामा ४/४, बाँके र जजरकोटमा ३/३, चितवन, कञ्चनपुर र सिन्धुपाल्चोकमा २÷२ जना र नवलपुर, बर्दिया, दार्चुला, डडेलधुरा, नुवाकोट र सिराहामा १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । उनीहरु मध्ये १५ जनाको मृत्यु भएको छ ।
थप ९० जना डिस्चार्ज
कोभिड १९ अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका थप ९० जना डिस्चार्ज भएका छन् । कोभिड १९ अस्पताल जनकपुरबाट ३७ जना, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८, कोरोना अस्पताल दाङबाट ७ जना, कोशी अस्पतालबाट ६ जना डिस्चार्ज भएका छन् ।
यस्तै सशस्त्र प्रहरीको बलम्बु अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक एक जना डिस्चार्ज भएका छन् ।
यससँगै डिस्चार्ज हुनेको संख्या ६७४ पुगेको छ । उनीहरुमध्ये ५९५ पुरुष र ७९ महिला छन् ।
प्रतिक्रिया 4