Comments Add Comment

बाजुराकी चार दिने शिशुमा पनि कोरोना संक्रमण

२९ जेठ, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनकी शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय धुरालसैन माविको क्वारेन्टिनमा आमासँगै बसेकी ४ दिनकी शिशुमा समेत कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पताल स्रोतले जानकारी दिएको छ ।

ती बालिका जेठ १५ गते जन्मेकी थिइन् । उनी जन्मेको चौथो दिनमा अस्पतालमा स्वाब संकलन गरिएको थियो । बाजुरा बुढीगंगामा ती नवजात शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेशमा २७ जनामा कोरोनाको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । सुदूरपश्चिममा कुल संक्रमितको संख्या एक सय ९१ पुगेको छ ।

सुदूरपश्चिमको बाजुरामा एक जना, कैलालीमा ७ जना, बझाङ थलाराका एकजना, बित्थडका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । कैलालीका ७ संक्रमितमध्ये ६ जना गौरीग‍‌ंगाका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment