Comments Add Comment

राष्ट्र बैङ्कले उठायो १ खर्ब ७५ अर्ब रूपैयाँ आन्तरिक ऋण

३२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६÷७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये १ खर्ब ७५ रुपैयाँ नेपाल राष्ट्र बैङ्कले उठाएको छ ।

ट्रेजरी विल तथा विकास ऋणपत्रमार्फत राष्ट्र जेठ मसान्तसम्म एक् खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाएको हो ।

ट्रेजरीमार्फत ७५ अर्ब रुपैयाँ र विकास ऋण पत्र एक खर्ब रुपैयाँ उठेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने बताएको थियो । यद्यपि, यसलाईै पछि संशोधन गरेर १९३ अर्ब बनाएको छ ।

आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले कार्यतालिका नै बनाएको छ । कार्यतालिका अनुसार नै राष्ट्र बैंकले आन्तरिक ऋण उठाइरहेको छ ।

अब उठाउनु पर्ने करिब १८ अर्ब रुपैयाँ मध्ये १५ अर्ब रुपैयाँ ट्रेजरी विलमार्फत उठाउने प्रवक्ता भट्टले बताए ।

बाँकी रकम भने नागरिक बचतबाट उठाउने राष्ट्र बैंकले बताएको छ ।

कुल आन्तरिक ऋणमध्ये ४६.१५ प्रतिशत ट्रेजरी बिलबाट, ५१.२८ प्रतिशत विकास ऋणपत्रबाट, २.०५ प्रतिशत नागरिक बचत पत्रमार्फत र बाँकी ०.५१ प्रतिशत वैदेशिक रोजगार बचत पत्रमार्फत उठाउने राष्ट्र बैङ्कले कार्यतालिकामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment