
३२ जेठ, काठमाडौं । नेपालमा व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप २१ दिन लम्बिएको छ । यसअघि ३२ जेठसम्म रहेको प्रतिवन्ध अब २१ असारसम्म पुगेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार लम्बिएको प्रतिवन्धबारे नेपाल नागरिक उडड्यन प्राधिकरणले आइतबार सेवा प्रदायक कम्पनी, यात्रु तथा सरोकारवालालाई सूचित गरेको हो ।
यसबीचमा विदेशबाट नेपालीको उद्धारको काम धमाधम हुनेछ । उद्धार उडान, मेडिकल प्रयोजनका लागि हुने उडान, कार्गो उडान तथा अन्य अनुमति लिएर हुने विशेष उडानहरुले भने अनुमति पाउने भएका छन् ।
लकडाउन खुकुलो बनाएसँगै आन्तरिक तर्फको व्यवसायिक उडान खुल्ने अपेक्षासहित वायुसेवा कम्पनी र प्राधिकरणले तयारी थालेका थिए ।
तर, सरकारले लामो दूरीको सार्वजनिक सवारी र हवाई यातायात तत्काल नखोल्ने निर्णय गरेको थियो । सरकारले कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ११ चैतपछि लकडाउन शुरु गर्यो ।
त्यसपछि सबै प्रकारको व्यवसायिक हवाई उडानमाथि पनि प्रतिवन्ध लाग्दै आएको छ ।
प्रतिक्रिया 4