+
+
Shares

आइएमई लिमिटेडको ‘आइएमई घरमै’ योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते १५:५०

२ असार, काठमाडौं । आइएमई लिमिटेडले घरमै बसेर १ लाख रपैयाँ जित्न सकिने उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले लकडाउनमा घरबाहीर ननिस्की गरिने रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्न ‘आईएमई घरमै’ योजना सार्वजनिक गरेको हो ।

जेठ ३१ गतेबाट सुरू “आइएमई घरमै” योजनाअनुसार आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । यस्तै हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्मका लािग लागु गरिएको कम्पनीले जानकारी जनाएको छ । स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?