+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विष्फोटक पदार्थसहित समातिएका बज्राचार्यलाई ७ दिन थुनामा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते ७:३६

४ असार, काठमाडौं । ठूलो परिमाणमा विष्फोटक पदार्थसहित समातिएका सानुराज बज्राचार्यलाई ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न अनुमति दिएको हो ।

विष्फोटक पदार्थ र हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा अनुसन्धानका लागि म्याद प्राप्त भएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘यो समयमा थप प्रमाण संलकन र बयान लिने कार्य हुन्छ ।’

प्रहरीले बज्राचार्यलाई ललितपुरबाट ३० जेठमा पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा काठमाडौंमा रहेको उनको कोठामा छापा हानेर प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने २६० वटा सामग्री बरामद गरेको थियो ।

बरामद सामग्रीमा ह्याण्ड ग्रिनेड बनाउन प्रयोग हुने कभर १८० वटा, आधा विष्फोटक पदार्थ भएको ग्रिनेड ३५ वटा, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा पदार्थ १४ वटा, स्टील बल ९, स्टील बल प्याकेट १२, गन पाउडर २ बट्टा, डेटोनेटर एउटा र दुई वटा रिमोट सेट छन् ।

उपत्यकामा लुकाइएको ठूलो परिमाणको विष्फोटक पदार्थ बरामद भएपछि ललितपुर सेक्रेरटीको नामबाट समूहले विज्ञप्ति जारी गरी एसएसपी राईलाई चेतनावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?