Comments Add Comment

मौद्रिक नीति साउन पहिलो साताः गभर्नर अधिकारी

१० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति असार अन्तिम साता नआउने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति साउन पहिलो सातामात्रै आउने बताएका हुन् ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि असार मसान्तभित्रै मौद्रिक नीति ल्याउनेगरी गृहकार्य गरिरहेको थियो । अधिकारीले अन्तरवार्ताका क्रममा पर्याप्त तयारी नपुग्ने भन्दै गभर्नर अधिकारीले साउन पहिलो सातामात्रै मौद्रिक नीति आउने बताएका हुन् ।

गभर्नर अधिकारीले अहिले आन्तरिक गृहकार्य तीव्र बनाइएको जानकारी दिए । सुझावहरु आउनेक्रम जारी रहेको भन्दै उनले सकारात्मक सुझावहरु समेटिने बताए । मौद्रिक नीतिलाई अब क्लोन्डरको रुपमा अघि बढाउने योजना रहेको समेत उनले सुनाए ।

‘हामीले मौद्रिक नीतिकलाई एउटा क्यालेण्डर कै रुपमा लैजान खोजेका छौँ’ उनले भने ‘साउनको पहिलो हप्ता जारी गर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment