 
																			११ असार, काठमाडौं । खाडी क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या चार लाख नाघेको छ । खाडी क्षेत्रका ६ अरब मुलुकमा पछिल्लो एक महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दोब्बर पुगेको हो ।
बुधबार साँझसम्म यो क्षेत्रमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख तीन हजार १६३ पुगेको थियो । साथै मृत्यु हुनेको संख्या पनि दुई हजार ३४६ पुगेको थियो ।
यो क्षेत्रका दुई सबैभन्दा ठूला मुलुकले यसैसाता पूर्णरुपमा कर्फ्यु हटाएका थिए । बुधबार यूएईले मध्य मार्चदेखि लगाएको कर्फ्यु हटाउने निर्णय गरेको थियो भने साउदी अरेबियाले आइतबारबाट प्रतिबन्ध हटाएको छ । अहिले कुबेतमा मात्र आंशिक कर्फ्यु बाँकी छ ।
खाडी क्षेत्रमा कोरोना संक्रमित गत मे २७ मा दुई लाख नाघेका थिए । तर, एक महिनाभित्रै यो संख्या दोब्बर बनेको हो ।
खाडी क्षेत्रमा सबैभन्दा बढी संक्रमित साउदी अरेबियामा देखिएका छन् भने दोस्रो स्थानमा कतार छ । अहिलेसम्म साउदी अरेबियामा एक लाख ६७ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने कतारमा संक्रमितको संख्या ९० हजार नाघेको छ ।
स्रोत : रोयटर्स
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4