+

इन्जुरी टाइमको गोलले आर्सनल सेमिफाइनलमा

२०७७ असार  १४ गते २०:४८ २०७७ असार १४ गते २०:४८
इन्जुरी टाइमको गोलले आर्सनल सेमिफाइनलमा

१४ असार काठमाडौं । सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल एफए कप फुटलको सेमिफाइनलमा प्रवेश गरेको छ । डानी सेबायोसले इन्जुरी टाइममा गोल गरेपछि लण्डन क्लब आर्सनलले सेफिल्डलाई २-१ ले पराजित गरेको हो ।

सेफिल्डको मैदानमा पेपेले २५ औं मिनेटमा गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो । आर्सनल जिततर्फ अघि बढिरहेको बेला ८७ औं मिनेटमा सेफिल्डका लागि डेविड म्याकगोल्ड्रिकले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरी भएको थियो । तर इन्जुरी टाइममा सेबायोसले गोल गरेपछि आर्सनलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यसअघि नै म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय