Comments Add Comment

अमेरिकी उपराष्ट्रपतिले गरे मास्क लगाउन आग्रह, राष्ट्रपति विपक्षमा

१५ असार, काठमाडौं । अमेरिकामा सार्वजनिक स्थलमा मानिसहरुलाई मास्क लगाउन दबाव बढ्दै गएको छ । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्प भने मास्क लगाउन अनिवार्य गर्न हुन्न भन्ने पक्षमा छन् ।

यसैबीच अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले भने मानिसहरुलाई सार्वजनिक स्थलमा मास्क लगाउन आग्रह गरेका छन् । उनले मानिसहरुले स्थानीय सरकारले लगाएको नियम पालना गर्दै मास्क प्रयोग गर्नुपर्ने बताएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या अमेरिकाको केही राज्यमा पुनः बढ्न थालेको छ । नयाँ संक्रमितको संख्या पुनः बढेको राज्य टेक्सास पनि हो । टेक्सासका गभर्नरले ग्रेग एबोटले पछिल्लो समय उल्लेख्य मात्रामा कोरोना भाइरसको संक्रमण बढेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले ४० वर्षभन्दा कम उमेरका मानिसमा धेरै संक्रमण देखिएको भन्दै चिन्ता व्यक्त ष्रेका छन् । टेक्सासमा सबै मानिसलाई कोरोना भाइरस रोक्न प्रभावकारी हुने देखिएको भन्दै मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसका करिब २५ लाख ४९ हजार संक्रमित फेला परिसकेका छन् । त्यस्तै अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment