+
+
Shares

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाका सबै कार्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १२:१७

१७ असार, गोरखा । स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएपछि बारपाक सुलिकोट गाउँपालिका मातहतका सबै कार्यालयहरु बन्द गरिएको छ । गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै असार २१ गतेसम्मका लागि स्वास्थ्य चौकीबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

बुधबार गोरखामा थपिएका तीन कोरोना संक्रमित मध्ये दुईजना बारपाक सुलीकोट गाउँपालिकाका हुन् । ‘एकजना सूर्यज्योती माविको क्वारेन्टिनमा बस्दै आउनुभएको व्यक्ति हो,’ प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भने, ‘अर्काे हाम्रै पालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी हुनुहुन्छ ।’

संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको क्रममा यही असार १३ गते उनीहरुको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले बताए । उनीहरुमा संक्रमण पुष्टि भएसँगै आगामी दिनमा हुन सक्ने जोखिम न्यूनिकरणका लागि थप सर्तकता अपनाइएको उनको भनाइ छ ।

संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम जारी राखिएको उनले जानकारी दिए ।

८ वर्षीय बालकलाई कोरोना पुष्टि

भीमसेन थापा गाउँपालिका-६ मोहरियाका ८ वर्षीय बालकलाई पनि कारोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया बिफ्रिङमा मंगलबार गोरखामा एकजना कोरोना संक्रमित थपिएको पुष्टि गरेको हो ।

मंगलबार संक्रमण देखिएका बालकका बुवा र आमालाई यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका उनीहरु हाल गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत छन् ।

परिवारका सबै सदस्य आइसोलेसनमा भएपछि रेखदेख गर्ने कोही नहुदाँ बालक बुवाआमासँगै आइसोलेसनमा बस्दै आएका थिए ।

संक्रमितसँगै बसेपछि केही दिनअघि बालकको पीसीआर परीक्षणका लागि नमुना संकलन गरेर पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?