+
+
Shares

स्वास्थ्य मन्त्रालयले भन्यो : बालबालिकामा संक्रमण बढ्यो, अभिभावक सचेत हुनुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १७:१४

१७ असार, काठमाडौं । सरकारले नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै अभिभावकलाई सचेत हुन आग्रह गरेको छ ।

नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सुदूरपश्चिममा ९ वर्षमुनिका १ सय ७५ जनामा कोरोना संक्रमण भएको छ भने केहीको मृत्यु भएको छ । डा. गौतमका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमण भएका बालबालिकाहरु सबै आमाबुबासँगै भारतबाट फर्किएका हुन् ।

बालबालिकामा कोरोना संक्रमण देखिए अरुमा सर्ने सम्भावना बढी हुने भन्दै मन्त्रालयले बालबालिकालाई सकेसम्म घरमै राख्न आग्रह गरेको छ ।

बालबालिकालाई भिडभाडमा नलैजाने र लैजानै परेमा आफू र बालबालिकाले अनिवार्य मास्क लगाउने, अरुसँग २ मिटरको दूरी कायम गर्ने, बेला बेलामा हात धुने गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । त्यस्तै आमाबुबालाई संक्रमण भएमा बालबालिकाबाट अलग्गै बस्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?