Comments Add Comment

खटाएको ठाउँमा नगएका स्वास्थ्यकर्मीलाई स्पष्टीकरण

१९ असार, बुटवल । सरकारले खटाएको ठाउँमा नगएका एक स्वास्थ्यकर्मीलाई प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

पाल्पा अस्पताल तानसेनमा पदस्थापन भएका तर चैत २ गतेदेखि हालसम्म काममा नगएका जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौं तहका छविराज गिरीलाई मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन एकहप्ते अल्टिमेटम दिएको हो ।

कोरोना महामारीको जोखिमका बेला लकडाउनका समयमा पनि अनिवार्य उपस्थित भई बिरामीलाई सेवा दिनुपर्नेमा विदासमेत स्वीकृत नगरी गिरी साढे तीन महिनासम्म कार्यालयमा हाजिर नभएको मन्त्रालयले जनाएको छ ।

तर अटेर गरेपछि प्रशासन तथा योजना महाशाखाले असार १८ गते गिरीका नाममा पत्र काटेर भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउनुनपर्ने कारण भए ७ दिनभित्र मन्त्रालयमा उपस्थित भई स्पष्टीकरण बुझाउन निर्देशन गरेको छ ।

अन्यथा स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ र प्रचलित कानून अनुसार गिरीमाथि कारवाही गरिने मन्त्रालयको पत्रमा उल्लेख छ ।

यसअघि जेठ अन्तिम साता पनि मन्त्रालयले सरकारले खटाएको स्वास्थ्य केन्द्रमा काम गर्न नगएकी मेडिकल अधिकृत डा. सीमा शर्मालाई एकहप्ते अल्टिमेटमसहित कारवाहीका लागि स्वास्थ्य सेवा विभागमा सिफारिस गरेको थियो ।

त्यसअघि सामाजिक विकास मन्त्रालयले यसअघि लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा कार्यररत पाँचजना चिकित्सकलाई कोरोना महामारीका बेला काममा नआएको भन्दै सेवाबाट बर्खास्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment