Comments Add Comment

प्रदेश २ मा २३ जना संक्रमित थपिए, ४५ जना डिस्चार्ज

१९ असार, वीरगञ्ज । प्रदेश २ मा २३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार धनुषामा १६, महोत्तरीमा ६ जना र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी अस्पताल वीरगञ्जमा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो ।

यो संगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ५ सय ६७ पुगेको छ । जसमा २ सय २४ महिला छन् । प्रदेशमा अझै ३ हजार ६ सय ६८ जनाको रिपोर्ट आउन बाँकी छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका गोपाल धर्मशालामा ३ जना महिला सहित १० जनामा, विदेश नगरपालिका स्थित दुहवी क्वारेन्टिनमा १ जना, लल्मीनियाँ गाउँपालिका क्वारेन्टिनमा ३ जना, यदुकहा र धनुषाधाममा १÷१ जनामा संक्रमण पुष्टि भएको छ । महोत्तरीको बलवा नगरपालिका स्थित धमौरा क्वारेन्टिनमा ५ जना र लोहरपट्टी नगरपालिका मेरुखी मावि क्वारेन्टिनमा १ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिकास्थित त्रिजुद्ध क्वारेन्टिनमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ मा शुक्रबार ४५ जना डिस्चार्ज भएका छन् । ५ महिला सहित ४५ जना उपचारपछि कोरोनामुक्त भएर डिस्चार्ज भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

प्रदेशमा हालसम्म १ हजार ९ सय ६८ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । प्रदेशमा ४ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । ६ सय ५४ जना आइसोलेसनमा उपचाररत छन् । शंकास्पद संक्रमित ३ हजार ६ सय ५ जना क्वारेन्टिनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment