+
+
WC Series
पोखरा एभेन्जर्स 2025
84/4 (11.6)
VS
४८ बलमा ८२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको विरोध

विकास मरहट्टा विकास मरहट्टा
२०७७ असार २० गते १४:०३

२० असार, गोरखा । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन् ।

जिल्ला सुरक्षा समितिको बैठकले पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको गोरखा नगरपालिका-१२ र शहीद लखन गाउँपालिका-१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको हो । तर स्थानीयले त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने भन्दै विरोध गरेका छन् ।

स्थानीयसँग पनि आवश्यक छलफल र समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । साथै, गोरखा अस्पतालमा रहेको शव एम्बुलेन्समार्फत लाने तयारी भइरहेको छ ।

असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?