Comments Add Comment

बझाङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

२० असार, बझाङ । केदारस्युँ गाउँपालिका-८, मल्लेसीमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले ६ जनको शव निकालिसकेको छ भने अर्का एकको खोजी भइरहेको बताए ।

उनका अनुसार गएराति वषर्ासँगै गाउँ माथिबाट खसेको पहिरोले मल्लेसीका १८ घरमा क्षति पुर्‍याएको थियो । पहिरो खस्न थालेपछि केहीले भने भागेर ज्यान जोगाएका छन् ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामसम्म राहत ल्याउने तयारी गरिरहेको प्रजिअ भण्डारीले बताए ।

‘त्यहाँ हेलिकप्टर पुग्न सक्दैन, सदरमुकामबाट भने बोकेर लैजानुपर्छ’ उनले भने । सदरमुकाम चैनपुरबाट करिब ५ घण्टाको पैदल दुरीमा घटनास्थल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment