२३ असार काठमाडौं । डेभिड भियाले आफ्नो क्लब क्विनसबोरो एफसीको प्रमुख कोच र स्पोर्टिङ डिरेक्टरमा जोसेफ गोम्बाउलाई नियुक्त गरेका छन् ।
स्पानिस क्लब बार्सिलोनाका पूर्वफरवार्ड भिया न्युयोर्कको उक्त क्लबको ओनर हुन् । क्लबले अमेरिकाको दोस्रो श्रेणीको फुटबल युनाइटेड सकर लिग च्याम्पियनमा २०२२ देखि खेल्नेछ ।
गाम्बाउले यसअघि बार्सिलोना र स्पानयोलको युथ टिम सम्हालिसकेका छन् ।
भियाले ठिभी ७ एकेडेमीमा समेत गाम्बाउसँग काम गर्ने अवसर पाएकोले आफ्नो क्लबको लागि पनि उपयुक्त च्वाइस भएको बताए ।
प्रतिक्रिया 4