+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

वीरगञ्ज कारागारकी एक बन्दीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १०:५१

१ साउन, वीरगञ्ज । वीगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्ज–१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने सविला खातुनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए ।

लागुऔषध मुद्दामा उनीविरुद्ध पर्सा जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । १५ वर्ष कैद भुक्तानी गरिसकेकी उनी जरिवाना बापत कैद बसिरहेकी थिइन् ।

‘१५ वर्ष कैद भुक्तानी भइसकेको थियो, जरिवाना तिरेको भए उनी छुट्ने अवस्था थियो,’ जेलर पोखरेलले भने, ‘जरीवाना तिर्न सकिनन्, जरिवानाका लागि चार वर्ष कैद बस्नुपर्ने हुन्थ्यो ।’

पोखरेलका अनुसार खातुनको गएराति ११ बजेर ३४ मिनेटमा उपचारको क्रममा निधन भएको हो । उनी क्रोनिक चर्म रोगको बिरामी थिइन् ।

उनलाई हृदयाघात भएको आशंका गरिए पनि मृत्युको कारण पोष्टमार्टम पछिमात्रै थाहा हुने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?