+
+
Shares

कास्कीमा पहिरो जाँदा तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते ८:३९

२ साउन, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ ।

गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । मृतक तीनै जना प्रेम विकका नातिनातिनी हुन् ।

उनले घरका अन्य सदस्य घरमुली प्रेम विक र उनकि श्रीमती भने सकुशल रहेको जानकारी दिए ।

‘पहिरो गएको कतिबेला हो भन्ने नै एकिन भएन । हामीले पनि बिहान मात्रै थाहा पायौं,’ प्रवक्ता हमालले भने, ‘जानकारी हुने बित्तिकै टोली पुगेर शव बाहिर निकालिसकेका छौं ।’

उनले प्रेम विकको बुहारी छोरीसहित माइत गएकाले उनीहरु भने सुरक्षित रहेको जानकारी दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थल पुगिसकेको प्रवक्ता हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?