
२ साउन, काठमाडौं । लेनदेन सम्बन्धी विवादका कारण टोखाबाट एक जना व्यक्ति ‘अपहरण’मा परेका छन् ।
टोखाका रामबाबु शाहलाई टोखाबाट एउटा समूहले नियन्त्रणमा लिएर लोकन्थलीस्थित एक घरमा बन्धक बनाएको हो । बन्धक बनाएर २५ लाख रुपैयाँको चेक मागिएकोे थियो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार अहिले शाहको उद्दार भइसकेको छ । थापाले भने, ‘छोराले अपहरण भएको भनेर फोन गरेपछि खोजीमा खटिएका थियौं, अहिले ७ जनालाई पक्राउ गरेका छौं ।’
पक्राउ पर्नेहरुको नाम भने उनले खुलाएनन् । भने, ‘अब सोधपुछ थालेपछि मात्र विस्तृतमा बताउन सकिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4