Comments Add Comment

‘सहकारीमा त्रास हट्यो, तरलता अभाव हुँदैन’

७ साउन, काठमाडौं । लकडाउन थपिँदै जादा सहकारी क्षेत्रमा (लगानी योग्य पुँजी) तरलता अभाव हुने एक किसिमको डर थियो । सहकारी क्षेत्रका अगुवाहरु पनि कलडाउनका बेला सहकारी क्षेत्रमा तरलता अभाव हुन सक्ने बताउँदै आएका थिए ।

तर अब भने तलता अभावको डर हटेको सहकारी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् । सहकारीमा निक्षेपकर्ताकोहरुको आकर्षण पुन बढेपछि यो डर हराउन थालेको उनीहरु बताउँछन् ।

सहकारी विभागका प्रमुख डा. टोकराज पाण्डे पनि तत्कालै सहकारी क्षेत्रमा तरलता अभाव हुने सम्भावना नरहेको बताउँछन् । लकडाउनका बेला सहकारीमा निक्षेप नआएका कारण तरलता अभाव हुने देखिए पनि लकडाउन सहज भएसँगै निक्षेप बढेकाले तत्कालका लागि त्यो डर टरेको विभागका रजिस्ट्रार डा. पाण्डेलले अनलाइनखबरलाई बताए ।

अब सहकारी क्षेत्रले लगानीका लागि उत्तम क्षेत्र पहिचान गनुपर्ने उनले बताए । ‘यतिबेला तरलता अभाव छैन, सहकारीले चाहेर पनि लगानी गर्न नपाउलान भन्ने डर यतिबेला हटेको छ’ डा. पाण्डेले भने, ‘अब सहकारीले भएको पुँजीलाई कसरी राम्रो क्षेत्रमा लगानी गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ ।’

पछिल्लो तथ्यांकअनुसार देशभर रहेका सहकारी संस्थाहरुमा ४ खर्ब रुपैयाँभन्दा धेरै निक्षेप रहेको छ । यि सहकारी संस्थाहरुले ३ खर्ब ३२ अर्ब रुपैयाँ ऋण लगानी गरेको तथ्यांकले देखाउँछ ।

कसरी बढ्यो सहकारीमा पैसा ?

यतिबेला सहकारी क्षेत्रमा पैसा बढ्नुका मुख्य दुई कारणहरु रहेको सहकारी क्षेत्रका विज्ञहरुको तर्क छ । पहिलो कारण कर्जा लगानी सुस्ताउनु हो, दोस्रो कारण निक्षेपमा भएको वृद्धि ।

लकडाउन अघिसम्म सहरका प्राय हरेक पसलमा सहकारीका कर्मचारीहरु पासबुक र झोला बोकेर पुग्थे । व्यापारीले दुई-चार सय रुपैयाँ दिएर हस्ताक्षर गर्थे । त्यो पैसा दैनिक रुपमा सहकारीमा जम्मा हुन्थ्यो ।

चैत ११ यता लामो लकडाउनका कारण सहकारीका कर्मचारीले त्यसरी पसलहरुमा डुलेर रकम संकलन गर्न पाएनन् । सहकारीको आम्दानी ठप्प थियो भने पैसा राख्ने त्रम घट्दो थियो । सहकारीमा जम्मा भएको रकम निकाल्नेहरु बढेका थिए ।

लामो समय लकडाउन हुँदा सर्वसधारणहरुको आम्दानी ठप्प प्राय भयो । आम्दानी नभएपछि सहकारीमा भएको बचत निकालेर पनि खर्च गर्नु पर्ने अवस्था आयो । सवसाधारणले निक्षेप निकाल्न नपाएको गुनासा बढ्दै गए पनि कतिपय स्थानीय तहहरुले लकडाउनकै अवधिमा पनि समत तोकेर निक्षेप फिर्ता दिन सहकारी संस्थाहरुलाई निर्देशन दिएका थिए ।

उपत्यकाभित्रै पनि भक्तपुर नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारी संस्थाहरुलाई कम्तिमा २५ हजार रुपैयाँ निक्षेप माग्न आए तत्कालै फिर्ता दिन भनेको थियो । आफ्नो खातामा पैसा भएर पनि भोकै बस्नुपर्ने अवस्था नआओस् भनेर पनि पालिकाहरुले यस्तो निर्देशन दिएका थिए ।

लकडाउनमा यसरी निक्षेप निकाल्नको संख्या राम्रै बढेको थियो भने रकम जम्मा गर्ने शून्य बनेको सिथयो । यहीँ कारण पनि पुँजीको अभाव हुन्छ कि भन्ने डर भएको सहकारी क्षेत्रका अगुवाहरु बताउँछन् ।

तर लकडाउन सहज भएसँगै कर्जा लगानी पनि नभएको र विस्तारै व्यापार व्यवसायहरु पनि बढ्न थालेकाले निक्षेपमा पनि सुधार भएका कारण तरतलाको त्रास अहिलेलाई टरेको विभागका रजिष्ट्रार पाण्डे बताउछन् ।

‘निक्षेपमा भएको सुधारले त्रास हट्यो’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल केहि समय अघिसम्म तरलता अभाव हुन्छ भन्ने धेरै त्रास सहकारी क्षेत्रमा रहेको बताउँछन् । तर लकडाउन सहज हुँदै गर्दा यो त्रास हटेको उनको भनाइ छ ।

अब पुँजीकै अभावका कारण राम्रो क्षेत्रमा पनि लगानी गर्न सकिदैन कि भनेर डराउने पर्ने अवस्था यतिबेला नरहेको अध्यक्ष कँडेलले बताए ।

‘लकडाउन कडाईका साथ लागु भइरहँदा चिन्ताको विषय नै पुँजीको अभाव हुन्छ भन्ने थियो, हुन त लकडाउन औपचारिक रुपमा बुधबारदेखि खुल्यो तर सहज १ असारदेखि नै भएको थियो’ उनले भने, ‘यतिबेला सहकारी क्षेत्रमा निक्षेप वृद्धि भएको छ, हामीलाई जुन त्रास थियो त्यो त्रास हटेको छ, सम्भवत अब तरलता अभावको सामना गर्नुपर्ने छैन ।’

लकडाउनको समयमा पनि धेरै सहकारी संस्थाहरुले सकेसम्म सर्वसाधारणलाई सेवा दिएको उनले बताए । अब नयाँ विजनेशहरु शुरु भएको अवस्थामा तरलता धेरै खर्च हुने र अभावको सामना हुनसक्ने भए पनि तत्कालै भने त्यो सम्भावना पनि नरहेको उनले बताए ।

सामान्यता मूख्य सहरहरुमा निक्षेप राम्ररी नआएको उनले बताए । अन्य ठाउँहरुमा भने निक्षेप पनि राम्रै आइरहेको उनले बताए । ‘महानगर लगायत कोर सिटीमा केहि असहज होला नत्र अन्य ठाउँमा निक्षेप बढेको छ’ उनले भने, ‘ब्याजहरु कम उठेको होला, असार मान्तमा उठ्नुपर्ने ऋण कम उठेको छ तर रकम झिक्ने भन्दा राख्ने नै बढेको छ ।’

उद्योग-धन्दा, व्यवसाय केहि नभएका कारण कर्जा लगानी नभएको र बचत पनि कम निकालिएकाले यसको असर यस्तो देखिएको उनले बताए । सहकारी क्षेत्रमा भने खाद्यान्नका लागि समेत निक्षेप निकाल्नुपर्ने अवस्था आएका कारण यो क्षेत्रमा भने अवस्था अलि फरक रहेको उनले बताए ।

गरिएको थियो पूर्वतयारी 

केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफस्कुन) का वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता चन्द्र ढकाल सहकारी क्षेत्रमा समस्या देखिन सक्ने सम्भावना रहेका कारण सजग रहेको बताउँछन् ।

समस्या देखिए कसरी समाधान गर्ने भन्ने विषयमा पहिलेदेखि नै तयारी अवस्थामा बसेको उनले बताए । सहकारी क्षेत्रमा पर्न सक्ने असरबारे अध्ययन गरेर विपद् व्यवस्थापन कोष समेत गठन गरिएको उनको भनाइ छ ।

तरलता अभाव होइन यतिबेला तरलता अधिक भएको ढकालले बताए । ‘हामीले असार मसान्तसम्म तरलता अभाव हुन्छ कि भन्ने ठानेका थियौं तर कम होइन धेरै भयो,’ उनले भने, ‘किन तरलता बढ्यो भन्ने विषयमा पनि हामीले अध्ययन गर्यौं, क्राइसिसिका कारणले गर्दा बैंकहरुले राम्रो सुविधा दिन सकेनन्, सहकारीले दिएका कारण पनि बढ्यो ।’

तर लगानी हुनुपर्ने मूख्य सिजनमा नै लगानी ठप्प भएका कारण यतिबेला सहकारीमा पर्याप्त तरलता देखिएको उनले बताए । लकडाउन सहज भएसँगै ऋणीहरुले सकीनसकी ऋणको किस्ता तथा ब्याज तिरेको तर त्यो पैसा चैत वैशाखमा राम्रै लगानी हुनुपर्नेमा ठप्प भएको कारण त्यसको असर तरलतामा परेको उनले बताए ।

कोष स्थापना गरिएका कारण तरलता अभाव भइहालेको भए पनि धेरै अप्ठेरोको भने सामना गर्नु नपर्ने गरी तयारी अवस्थामा बसेको उनको भनाइ छ । तर सहज तरिकाले ‘सेफ ल्याण्डिङ’ भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment