+
+
Shares

स्विस सरकारले दियो २० हजार पीसीआर किट

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १३:५७

९ साउन, काठमाडौं । स्विटजरल्याण्ड सरकारले नेपाललाई कोरोना संक्रमण परीक्षण गर्न थप ४० हजार थान पीसीआर टेस्ट किट सहयोग गरेको छ ।

जसमध्ये २० हजार थान किट शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नेपालस्थित स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले हस्तान्तरण गरेकी छन् । बाँकी २० हजार थान अगस्ट महिनामा नेपाल आइपुग्ने स्विस दूतावासले जनाएको छ ।

नेपालस्थित स्विस दूतावासका अनुसार स्वीस सरकार विकास सहयोग (एसडीसी) मार्फत स्विस सरकारले नेपाललाई ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।

कोभिड १९ को राहत र पुनर्स्थापनाको लागि एसडीसीले विराटनगरको कोशी कोभिड अस्पतालमा वाटर ट्रिटमेन्ट सिस्टम स्थापना गरेका छ । त्यस्तै उदयपुरको आइसोलेसन निर्माणको अनुमानित ३ करोड २० लाख रुपैयाँको करिब आधा १ करोड ५० लाख पनि सहयोग गरेको स्विस दूतावासले जनाएको छ ।

‘पहिलो लटको ४० हजार मध्येको पीसीआर टेस्ट किट्सले नेपाललाई देशमा अहिले बढिरहेको पीसीआर टेस्टिङको मागलाई पूरा गर्ने दिशामा सहयोग गर्नेछ’ नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?