Comments Add Comment

कांग्रेसले भन्यो :  परीक्षण घटाएर सरकारले संक्रमण कम भएको भ्रम छरिरहेको छ

९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले परीक्षणको दायरा घटाएर सरकारले कोरोना संक्रमणको जोखिम कम भएको भ्रम छरेको आरोप लगाएको छ ।

कांग्रेसको कोभिड १९ अनुगमन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेसले पटक पटक ध्यानाकर्षण गराउँदा पनि परीक्षणको दायरा फराकिलो पार्नुपर्ने आवश्यकतालाई गम्भीरताका साथ नलिएको बताएको छ  ।

‘उल्टो परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ’ अनुगमन समितिका संयोजकसमेत रहेका सहमहाममन्त्री डा. प्रकाशशरण महतले भने ।

सरकारले लडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सहज बनाउनेतर्फ पर्याप्त ध्यान नदिएको र लकडाउन खोल्दा पनि तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको कांग्रेसले बताएको छ ।

‘लकडाउन खोल्ने निर्णय गरी राख्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातहरुमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन छ’ अनुगमन समितिको विज्ञप्तिमा भनिएको छ  ‘यसले गर्दा सरकारको लकडाउन खोल्ने निर्णय पूर्व तयारीका साथ गरेको नभएर राजश्व बढाउने तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको देखिन्छ ।’

वीरगञ्ज, राजविराजलगायतका ठाउँहरुमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको भन्दै कांग्रेसले यस्तो अवस्थामा परीक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधाको पर्याप्त तयारी गर्न सरकारलाई आग्रह गरेको छ ।

सरकारले मुलुकमा उद्योगधन्दा र खासगरी साना, मझौला र अनौपचारिक क्षेत्रका व्यवसायमा कोभिड–१९ ले सिर्जना गरेका समस्या समाधानमा केही नीतिगत घोषणामात्र गरेको भन्दै बन्द उद्योग व्यवसायलाई सहज रुपमा खुलाउन सार्थक पहल गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment