+

पनौती रंगशाला विवाद सल्टियो, नगरपालिकाले पायो लालपूर्जा

२०७७ साउन  १४ गते १७:०५ २०७७ साउन १४ गते १७:०५
पनौती रंगशाला विवाद सल्टियो, नगरपालिकाले पायो लालपूर्जा

१३ साउन, काभ्रे । काभ्रेको पनौती नगरपालिका–७ स्थित सिरानचौरमा क्षेत्रिय रंगशाला निर्माणको अवरुद्ध हटेको छ ।

जग्गा विवादकै कारण क्षेत्रीय रंगशाला निर्माण रोकिएको थियो । रंगशालाका लागि छुट्टाइएको ४२ रोपनीमध्ये १७ रोपनी १४ आना २ पैसा जग्गा आफ्नो भएको दाबी स्थानीय कँडेल परिवारले गरेपछि विवाद उत्पन्न भएको थियो । साविक मल्पी गाविस-१ स्थित कित्ता नं. १३२ को जग्गा कँडेल परिवारले पञ्चायतकालमा सार्वजनिक जग्गा आफ्नो नाममा नाम सारेको स्थायीको दाबी थियो । तर विवाद अदालतमा पुर्‍यो र फैसला कँडेल परिवारको पक्षमा आयो ।

अदालतबाटै मुद्दा हारेपछि नगरपालिकाले कँडेल परिवारसँग सहमति गरेर त्यो जग्गा किनेको छ । स्थानीय नानीगिता कंडेल र गणेशकुमारी कंडेलको नाममा रहेको जग्गा नगरपालिकाले ३ करोड ६२ लाख रकममा खरिद गरेको हो ।

‘रंगशालाको जग्गा विवाद अब सकिएको छ, जग्गाको लालपूर्जा हात पारेपछि पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भन्छन्, अब निर्माण कार्य अगाडि बढ्छ ।’

२०६९ सालमा केन्द्रीय बजेटबाट नै बहुवर्षे योजनाका रुपमा पनौती क्षेत्रिय रंगशालामा निमार्णको घोषणा भएको थियो । हालसम्म करिब २१ करोड खर्च पनि भइसकेको छ ।

पनौती नगरपालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय