Comments Add Comment

‘सुन’ प्रकरणमा तीन जना पक्राउ

सुन प्रकरणमा पक्राउ परेका अभियुक्तहरु ।

१५ साउन, काठमाडौं । प्रहरीले काठमाडौंबाट १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातुसम्बन्धी प्रकरणमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका प्रहरी स्रोतले बतायो  ।

उनीहरुले एउटा स्कार्पियो गाडीमा सामान ल्याएका थिए । पछि सो स्कार्पियो गाडी लुकाएर अर्कै कार भाडामा लिएर काठमाडौंबाट भागेको बताइएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

यही साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो । सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको प्रहरीको भनाइ थियो । यद्यपि प्रहरीले कसैलाई पनि पक्राउ गर्न भने सकेको थिएन ।

तर सो घटना अनुसन्धानको क्रममा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलेको थियो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ ।

यो पनि पढ्नुहोस सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment