+
+
Shares

साइलेन्ट हार्ट अट्याकको जोखिम

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १५:३८

कहिले काहीँ सामान्य व्यक्तिको अचानक मृत्यु हुन्छ, जो बाहिरबाट हेर्दा ठीकठाक देखिन्छन् । स्वस्थ एवं तन्दुरुस्त ठानेका व्यक्तिको अप्रत्यासित मृत्यु हुन्छ । यसमा एक कारण हुनसक्छ, साइलेन्ट हार्ट अट्याक्ट । अर्थात कुनैपनि लक्षण बिना नै हृदयघात भएको अवस्था हो यो ।

साइलेन्ट हार्ट अट्याक्टलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन पनि भनिन्छ । यसमा जब कसैलाई हार्ट अट्याक्ट हुन्छ, त्यसको कुनै पूर्वसंकेत नै मिल्दैन । छातीमा दुखाई अनुभव हुँदैन । कतिपय अवस्थामा मस्तिष्कसम्म दुखाई महसुष गराउने नसा वा स्पाइनल कार्डमा समस्या हुँदा वा मनोवैज्ञानिक कारणले व्यक्तिले दुखाई महसुष गर्न पाउँदैनन् ।

चिकित्सकहरु भन्छन्, यस्तो अवस्थामा जति सक्दो छिटो अस्पताल पु¥याउन सकिन्छ, उत्तिनै उपचार संभव हुन्छ ।

एक त अस्पतालको पहुँच नहुने, अर्को सवारी साधन पनि । त्यसैले संभावित जोखिमबारे बच्नका लागि विशेष जानकारी भने हुनसक्छ । यस्ता जानकारीले केहि हदसम्म भएपनि खतरालाई टार्न सकिन्छ ।

जब घर परिवार वा कहि कतै यस्तो समस्या आइपर्छ, तब पीडितको होशियारपूर्वक ख्याल राख्नुपर्छ । जबसम्म पीडितलाई चिकित्सककहाँ पु¥याइदैन, तबसम्म यी विधी अपनाउन सकिन्छ ।

१. शरीरमा सुताएर आरम दिने, यताउता हलचल नहोस् ।

२. खुट्टालाई केहि अग्लो बनाउने, त्यसले खुट्टाको रक्त प्रवाह हुन्छ र रक्तचाप कम हुन्छ ।

३. पीडितलाई विस्तारै लामो सास लिन लगाउने । यसले शरीरमा अक्सिजनको मात्रा बढ्छ ।

४. कपडालाई थोरै भिजाउने, यसले बेचैनी कम हुन्छ ।

५. सोरबिट्रेटको एक चक्की जिब्रोको मुनी राखिदिने ।

६. सोराबिट्रेट छैन भने डिस्प्रिनको एक चक्की दिन सकिन्छ ।

७. औषधि बाहेक अरु केहि दिनु हुँदैन ।

८. वान्ता भयो भने एकतर्फी फर्काएर वान्ता गराउने, ताकि सास नलीमा वान्ता पुग्न नपाओस् ।

साइलेन्ट हार्टअट्याक्टको पाँच संकेत

१. ग्याष्ट्रिक समस्या, पेट खराबी

२. कुनै कारण कमजोरी अनुभव हुनु

३. थकान लाग्नु

४. अचानक चिसो पसिना आउनु

५. पटक पटक सास बढ्नु

(यस्तो लक्षण अन्य अवस्थामा पनि देखिन सक्छ )

साइलेन्ट हार्ट अट्याक्टका पाँच कारण

१. धेरै चिल्लोचाप्लो, बोसोयुक्त, प्रसोधित खानेकुरा

२. शारीरिक रुपमा सक्रिय नहुनु

३. मदिरा वा चुरोट पिउनु

४. मधुमेह वा मोटोपन

५. तनाव

साइलेन्ट हार्ट अट्याक्टबाट बच्ने पाँच उपाय

१. खानपानमा ध्यान दिने । सलाद, सागसब्जी बढी सेवन गर्ने ।

२. नियमित हिँड्ने, व्यायाम, योगासन गर्ने ।

३. चुरोट, मदिरा आदि सेवन नगर्ने ।

४. सधै खुसी रहने । तनावरहित हुने ।

५. नियमित मेडिकल चेकअप गराउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?