Comments Add Comment

एसीको असर : स्वास्थ्यमा अनेक समस्या

गर्मी बढ्दो छ । गर्मीमा कसरी सितलता प्राप्त गर्ने ? अहिले यसका अनेक विकल्प छन् । तपाईं÷हामीले आफ्नो वासस्थान, कार्यथलो आदिलाई वाताअनुकुलित बनाएर बस्न सक्छौं । किनभने कुलर, एसी जस्ता विधुतिय उपकरण अहिले सहज र सर्वत्र उपलब्ध हुन थालेको छ ।

गर्मीमा शरीरलाई सितल तुल्याउने कृतिम काइदा हो, एसी । यसले हपहपी गर्मीबाट शरीरलाई केही राहत त दिन्छ नै, तर यसको फाइदा भन्दा बढी बेफाइदा छ । अनियमित एवं लामो समय एसीको कृतिम तापमानमा बस्दा शरीरमा अनेक समस्या निम्त्याउने चिकित्सकहरुले बताउने गरेका छन् ।

एक अनुसन्धानका अनुसार यदि कोहि एसीको हावामा दिनको पाँच–छ घण्टा बस्छ भने उसलाई पिनास (साइनस) हुने खतरा हुन्छ । किनभने चिसो हावाले म्युकस ग्रन्थिलाई कठोर बनाइदिन्छ । यसबाहेक रुघा–खोकी लागेर ज्वरो आइरहने समस्या पनि एसीको बढि प्रयोगका कारण हो ।

कूलर अथवा एसीको हावामा केही नओडी सुत्नाले छातीमा इन्फेक्सन हुने डर हुन्छ । विशेष गरेर दमको रोगीले एसी प्रयोगबाट बच्नु पर्छ । प्राकृतिक वातावरणमा रहने र त्यसलाई सहने बानी कम हुँदा हाम्रो शरीरमा रोगसंग लड्ने क्षमता पनि कम हुन थाल्छ र हामी छिट्टै बिरामी हुन्छौं । घर बाहिर र भित्रको तपक्रममा ४ डिग्री भन्दा धेरैको अन्तर हुनु हुँदैन । यदि धेरै अन्तर भयो भने तपाईं रोगको चपेटामा पर्न सक्नु हुन्छ ।

एसी र कूलरबाट निस्कने हावाले शरीरको जोर्नीहरुमा दुखाई उत्पन्न गराउँछ । गर्दन, हात र घुडा दुख्ने हुन्छ  । तपाईं लामो समयसम्म एसीको सम्पर्कमा रहनु भयो भने यी दुखाईहरु तपाईको दिर्घकालिन रोग पनि बन्न सक्छ । अर्थराइटिसका रोगीलाई एसीको हावाले नोक्सान पु्¥याउनुको साथै जोर्नीको दुखाई पनि बढाउँछ ।

धेरै समयसम्म एसी अथवा कुलरमा बस्नाले मोटापन पनि बढ्छ । वास्तवमा धेरै चिसो स्थानमा हाम्रो शरीरको उर्जा धेरै खर्च हुँदैन र जसको कारण मोटोपन बढ्न थाल्छ ।

निरन्तर एसीको हावामा बस्नाले मांसपेशीहरु झोलिन थाल्छ । एसीको हावाका कारण टाउको दुख्ने पनि हुन सक्छ ।

धेरै समय एसीमा बस्नाले तपाईंको छाला सुख्खा हुन सक्छ । पसिना नआउनाले रोमछिद्र बन्द हुन्छ र छालामा स–साना दाना र चिलाउने समस्या हुन्छ । त्यसैले अफिसमा एसीमा रहँदा एक–दुई घण्टाको बीचमा मोइश्चराजर लगाइरहनु पर्छ । यसले तपाईंको छाला नरम भैरहन्छ ।

ध्यान दिनु पर्ने कुराहरु

-कोठाको तापक्रम २० डिग्री भन्दा कम हुनु हुँदैन ।

-एसी र कूलर प्रयोग गर्नु अगाडि त्यसमा फिल्टर लगाउनु आवश्यक छ ।

-एसी अथवा कूलर प्रयोग गर्नु अगाडि सफा गर्नु पर्छ ।

-कूलर तथा एसीको प्रयोग गर्दा त्यसबाट निस्कने हावा सिधै तपाईको सम्पर्कमा आउन नपाओस् भन्ने कुरामा ध्यान दिनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment